प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं–कार्तिक १ । ब्रिक्स र बिमस्टेक आउट रिच सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो तीन बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएर प्रधानमन्त्री आज स्वदेश फर्किन लाग्नु भएको हो ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेसाग छुट्टा छुट्टै भेटघाट र छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया