जाजरकोट–असोज २२ । नोपल खाद्य संस्थान यस बर्ष विकट जिल्लाहरूमा खाद्य संकट नहुने दाबि गरेपनि जाजरकोट जिल्लाका दुर्गम गाउँमा चाडपर्वको समयमा खाद्यान्न अभाव भएको छ । लामो खडेरीका कारण हिउँदे बाली उत्पादन नहुनु तथा खाद्य संस्थानले अनुदानको चामल डिपोमा पुर्याउन नसक्दा खाद्यन्न अभाव भएको हो ।
जिल्लाको ३० कोस टाढा वारेकोट, पजारु, दह, गर्खाकोट र कोर्ताङ्गका बासिन्दा घोडा खच्चडको भरमा खाद्यन्न आयात गर्न बाध्य छन् ।