राजधानीमा ट्रापिक लाइट जडान गरिने

काठमाडौं–असोज । काठमाडौं मुलुकको राजधानी शहर हो, तर यसकालागि आवस्यक पुर्वाधारको अवस्था भने दयनीय छ । हिलाम्मे सडक, गाडीको चाप, ट्राफिक जाम लगायतका कारण नेपालको राजधानी शहर काठमाडौं अव्यवस्थित र अविकसित शहरको श्रेणीमा पर्छ । त्यस्तै अवस्था छ सडक बत्तिको । सडक बत्ति बिग्रंदा ट्राफिक प्रहरीले हातको ईसारामा ट्राफिक व्यवस्थापन गर्दै आएका छन ।

traffic-light

बिग्रिएका सडक बत्ति फेर्न नयाँ २० वटा सडक बत्ति ल्याउन पाँच वर्ष पहिले नै योजना बनेको थियो । सन् २०११ जनवरीमा योजना बनेको भएपनि टेण्डर आह्वानका क्रममा उपयुक्त ठेकेदार नआएको र भुकम्पकका कारण योजना सुरु नभएको काठमाडौं दिगो शहरी यातायात आयोजनाका कार्यक्रम निर्देशक दिपक श्रेष्ठको भनाई छ । पाँच वर्षअघि सुरु भएको आयोजना असफल भैकसेकाले अहिले ३५ वटा सडक बत्ति जडान गर्ने नयाँ योजना ल्याएको निर्देशक श्रेष्ठको भनाई छ । आयोजनाका लागि दरखास्त छनौटको काम भईरहेको निर्देशक श्रेष्ठले बताउनु भयो ।

दशैं तिहारपछि छनौट कार्य सकि माघ महिनासम्म बत्ति जडान सुरु गरिने श्रेष्ठको भनाई छ । नारायण गोपाल चोकदेखी जमलहुंदै त्रिपुरेश्वरसम्म, जय नेपालदेखी पुतली सडकसम्म सडक बत्ति जडानको योजना रहेको छ । त्यस्तै नारायणहिटी संग्रहालय हँुदै भद्रकालीसम्म र माईतीघरदेखी सिनामङ्गलसम्म सडक बत्ति जडान गर्ने योजना छ । यसका लागि झण्डै ५० करोड रुपैयाँ खर्च हुने आयोजनाको प्रारम्भिक अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया