युवा स्वरोजगारको ऋण नतिर्नेलाई चेतावनी पत्र

असोज १५ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति खोटाङले युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाएको छ । कोषको कर्जा लिएर हालसम्म सावा र ब्याज फिर्ता नगर्ने ऋणीलाई समितिले पत्र पठाएको हो ।

ज्योति विकास बैंकको शाखा कार्यालय दिक्तेलमार्फत २०६८ देखि ०७१ सालको अवधिमा व्यवसाय सञ्चालन गर्ने र स्वरोजगार बन्ने शीर्षकमा ऋण लिइएका ११ ऋणीलाई एक महिनाभित्र साावा, ब्याज र हर्जना बुझाउन अल्टिमेटम सहितको पत्र असोज ७ गते पठाइएको छ । कोषको १ सय ६७ जनामध्ये ११ ऋणीबाट ९ लाख ३३ हजार ३९ रुपैयाा ऋण उठ्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया