उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको लागि नेकपा एमालेले साथ दिने विश्वास दाबि गर्नुभएको छ । शनिबार गृहजिल्ला जनकपुर पुगेका गृहमन्त्री निधिले संविधान संशोधनको लागि आवश्यक मुद्दाहरुको पहिचान भईसकेको भन्दै संशोधनमा एमालेको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाले मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फित्र्ता गर्न कानून मन्त्रालयमार्फत् पहल भइरहेको जानकारी दिदै छिट्टै संविधान संसोधन हुने बताउनुभयो । गृहमन्त्री निधिले आफूले बोल्दै नबोलेको विषयलाई सञ्चारकर्मीले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिने आफूलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेकोप्रति आपत्ती जनाउनुभयो ।





