जाजरकोटमा व्यवसायीले मनपरी भाडा असुल्दा यात्रु मर्कामा

असोज ८ । जाजरकोट–डोल्पाको रुकुम सडक खण्डमा यातायात ब्यवसायीले मनपरी भाडा असुल्दा यात्रुहरु मर्कामा परेका छन् । ब्यवसायीले रुकूम खण्डअन्तर्गत छरी बगरदेखि डोल्पाको सिमाना त्रिबेणीसम्मको २० किलोमीटर सडकमा ५ सय भाडा लिने गरेका छन् । त्यस्तै छेपारेदेखि राडीजिउलासम्मको १८ किलोमीटर सडकमा ३ सय र चिसापानी छेपारेसम्मको ९ किलोमिटर सडकमा २ सय भाडा लिएर मनपरि गरेको यात्रुहरुले बताएका छन् ।

सर्वसाधारणले व्यवसायीको मनपरी विरुद्ध प्रशासनको ध्यानकर्षण गराउँदा समेत बेवास्ता गरेको समेत गुनासो गरेका छन् । त्यस्तै यो सडक सडकमा मापदण्ड विपरित ५ सिट क्षमताका जीपले २० भन्दा बढी यात्रु बोक्ने गरेका छन । पुराना, थोत्रा तथा मापदण्ड बिपरितका ५ सिटे जीपमा २ दर्जन यात्रु कोचाकोच, त्यससमा पनि लाईसेन्स नभएका चालकले चलाउँदा जोखिम मोलेर यात्रा गर्नु परेको गुनासो बढेको छ ।

Published On:  453पटक हेरिएको

तपाईको प्रतिक्रिया