प्रधानमन्त्रीको भ्रमण सफल भएको माओवादी केन्द्रको दाबि

काठमाडौं–असोज ४ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको मङ्गलबार बसेको बसेको बैठकले अघिल्लो सरकारका पालामा चिसिएको सम्बन्धमा सुधार ल्याउने, उर्जा व्यापार सम्झौता अनुसार भुटान र बंगलादेशमा विद्युत निर्यात गर्ने लगायतका विषयका आधारमा भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकले संशोधन गरेर संविधान कार्यान्वयन गर्ने सरकारको maobadi kendraयोजनाको भारतले स्वागत गरेको भन्दै त्यसलाई उपलब्धीका रुपमा व्याख्या गरेको छ । प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भ्रमणका बारेमा सोमबारको बैठकमा जानकारी गराएकामा त्यसैमा आधारित भएर मंगलबारको बैठकमा हेडक्वार्टर सदस्यहरुले आ आफ्ना भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया