असन्तुष्ट मधेशवादी दलले संविधान दिवसलाई कालो दिनको रूपमा मनाए

काठमाडौं–असोज ३ । सोमबार सरकारले काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइरहँदा संविधानमा अनसन्तुष्टि जनाउँदै आएका मधेशबादी दलका नेता कार्यकर्ताहरूले माइतिघर र शान्तिबाटिका विरोध सभा गरे ।

kalo-din देशमा संविधान जारी भएको १ बर्ष पुगेको सन्र्दभमा सरकारले सरकारले संविधान दिवस मनाउँदा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरूले भने संविधानमा आफ्ना माग नसमेटिएको र संविधान जारी भएपछि भएको आन्दोलनमा तत्कालीन सरकारले दमन गरेको विरोधमा कालो दिनको रूपमा मनाएका हुन् ।

संविधान जारी भएपछि तराईमा लामो समयसम्म आन्दोलन गरेका मधेशवादी दलहरूले  अहिले सम्म सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै तत्काल संसिवधान शंसोधन मार्फत आफ्ना माग सम्बोधन गर्न दबाब दिइरहेका छन् ।

वर्तमान सत्ता साझेदार दलससँग तीन सम्झौता गरेर एक महिना भित्र संविधान शंसोधन प्रस्ताव अघि बढाउने सहम िगरेको मधेशवादी दलहरूको मोर्चाले वर्तमान सरकारमा पनि मधेश माग पूरा गर्ने सवालमा गम्भीर नभएको आरोप लगाईरहेको छ । लामो समयसम्म तराईमा चरणबद्ध आन्दोलन गरेका मधेशवादी दलका नेताहरू अहिले पर्ख र हेरको नीतिमा रहेको बताउँछन् । मधेसी मोर्चाले तीनबुँदे सहमति अनुसार मन्त्रिपरिषद्बाट गर्नु पर्ने निर्णयहरु अझैसम्म नभएको र भएका पनि अधुरो भएको भन्दै गृहकार्य गर्न कार्यदल गठनको प्रस्ताव समेत गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush