स्थानीय चुनाव नभए प्रजातन्त्रमा खतरा बढ्छ : कमल थापा

भदौ २६ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र हुन नसके राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने बताउनुभएको छ । मिडिया नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले   उहांले स्थानीय पुर्नसंरचनाको विवादलाई अन्त्य गरेर तत्काल स्थानीयको निर्वाचनको मिति चाडै घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।

Kamal-Thapa अध्यक्ष थापाले सत्तारुढ दल तथा मधेसवादीपार्टीहरु नै जिम्मेवार नहुँदा आगामी निर्वाचनको मिति घोषणामै अन्यौलता भएको बताउनु भयो । मधेस केन्द्रीत राजनीति दलहरुले उठाएका मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सरकारले छिटो पहल चाल्नु पर्नेमा जोड दिनु भयो ।

तपाईको प्रतिक्रिया