निजगढमा ट्रक र गोल वन गस्ती टोलीको नियन्त्रणमा

भदौ २५ । वन गस्ती टोलीले बाराको निजगढबाट काठ तस्करीमा प्रयोग गरिएका हतियार खुकुरी, ट्रक र तस्करीको गोलाई काठ नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान पूर्व—पश्चिम राजमार्गको निजगढस्थित उनासी पुल नजिकैको वन क्षेत्रबाट ना. ३ ख ९१८३ नम्बरको १० चक्के ट्रक, सालको गोलाई र खुकुरी नियन्त्रणमा लिएको सेक्टर वन कार्यालय निजगढले जनाएको छ ।

बरामद् ८ थान काठ २ सय ६५ दशमलव आठ तीन क्यूफिटको रहेको र बजार मूल्य ८ लाख रुपैयाँ बरावर रहेको छ भने नियन्त्रणमा लिइएको ट्रक वीरगञ्ज १५ का ईस्शु मियाँको नाममा रहेको अनुसन्धानबाट खुलेको छ ।

वन गस्ती टोलीलाई दखेपछि १५/२० जनाको समूहमा रहेका काठ तस्कर जंगलको दक्षिणी भेगतर्फ भागेको सशस्त्र वन रक्षकले जानकारी दिएका छन् । काठ तस्करी रोक्न जिल्ला वन कार्यालयले खाडल खन्ने काम थालेपनि तस्करी रोकिएको छैन ।

तपाईको प्रतिक्रिया