भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र सार्वजनिक गर्न माग

काठमाडौं–भदौ २१ । व्यवस्थापिका संसदमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लेण्डुप दोर्sadan-samsad-bicc-750जे बन्ने चिन्ता जनतामा रहेकाले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गर्नुभयो । सुवालले मोदीलाई पठाइएको पत्रमा समग्र तराई मधेस एक वा दुई प्रदेश बनाएर संविधान संशोधन गर्ने र अंगीकृत नागरिकले पनि राष्ट्रपति लगायतका संवैधानिक पद पाउने आश्वासन दिइएको दावी गर्नुभयो ।

यसअघि एमालेका सांसद हर्कबोल राईले पनि पत्र सार्वजनिक गर्न र त्यसको जवाफ प्रधानमन्त्रीले नै संसदमा दिनुपर्ने माग राख्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसदले समेत प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया