काठमाडौ–भदौ १९ । नयां शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मुख्य तीनदलको विवादका कारण संविधान कार्यान्वयनमा अवरोध बढ्दै आएको बताउनु भएको छ ।
काठमाडौंमा शनिबार आफ्नै विषयमा लेखिएको ‘अविराम बाबुराम’ नामक पूस्तक सार्वजनीक कार्यक्रममा संयोजक भट्टराईले तीन दलको स्वार्थका कारण संविधान कार्यान्वयनमा अवरोध आउन लागेको बताउनु भएको हो ।
२०७४ माघ ७ गतेभित्र तीन तहको चुनाव गरी संविधान कार्यान्वयन गर्नेमा आशंका उब्जेको उहाँको भनाई थियो ।संयोजक भट्टराईले चुनावमा धाँधली गर्ने उद्देश्यले ठूला तीन दलले आफ्नो नेतृत्वमा मात्र चुनाव गर्ने खेलमा लागेको आरोप समेत लगाउनुभयो । तेश्रो दलले सरकारको नेतृत्व गर्ने परम्परा सुरु भएका कारण गणतन्त्र समेत धरापमा पर्न सक्ने उहाँको टिप्पणी छ ।
संयोजक भट्टराईले माओवादमा भ्रष्टीकरण बढेका कारण माओवादी त्यागी आफुहरुले भौतिक द्वन्द्ववादलाई स्वीकारेको पनि बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान जारी पछि कार्यान्वयन गर्ने समयमा सबै दलहरु एकजुट हुनुपेर्नेमा धुव्रिकरण बढ्नु दुखद् भएको बताउनुभयो ।