संविधान संशोधन गर्न प्रक्रिया अगाडि बढाइन्छ : देउवा

काठमाडौं–भदौ १९ । कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनुभएको छ ।

स्वास्थ्य उपचारका क्रममा सिंगापुर जानुभएका सभापति देउवाले स्वदेश फर्किने क्रममा शनिबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधनका विषयमा प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्ने बताउनुभएको हो । उहाँले संविधानलाई सर्वस्विकार्य बनाउन र सबैको अपनत्व कायम गरी संविधान कार्यान्वयनका लागि संसोधन गर्न लागिएको समेत बताser-bahadur-deuwa2उनुभयो ।

विमानस्थलमा सभापति देउवाले भुकम्पपिडतलाई पहिलो किस्तामै डेढ लाख दिनुपर्ने र यसका लागि समेत आफुले पहल गर्ने बताउनुभयो । सभापति देउवाले पार्टीका नेताहरुसँग छलफल गरी छिटै पार्टी पदाधीकारी बनोनयन गर्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया