सडक भत्कंदा सर्वसाधारणको यात्रा कष्टकर

कपिलबस्तु–भदौ १३ । कपिलबस्तुको वाणगंगा नदीमा आएको बाढीले हुलाकी मार्ग अन्र्तगतको सडक भत्कंदा सर्वसाधारणको यात्रा कष्टकर बनेको छ ।

kapilvastu sadakसडक भत्केपछि स्थानीयले निर्माण गरेको बांँसको पुलबाट यात्रुले जोखिमूर्ण यात्रा गर्नुपरेको छ । कपिलबस्तुको पश्चिमी क्षेत्रका कृष्णनगर, महारागंज, बहादुरगंज लगायतका मुख्य स्थानहरुबाट सदरमुकाम तौलिहवा आउने प्रमुख मार्गका सडक भत्केको महिना दिन बढी हुंदा पनि पुन निर्माणमा चासो नदेखाएको सर्वसाधराणको गुनासो छ ।

बाढीका कारण जिल्लाका एकदर्जन बढी सडकहरु भत्किनुकासाथै करोडौं रुपैयाँको क्षति भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया