कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूको टुङ्गो लाग्यो

काठमाडौं–भदौ ६ । कांग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्री सूची तयार पारेको छ । नयाँ सरकार गठन भएको  तीन साता पछि मात्र सत्ता साझेदार दल कांग्रेस आफनो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको हो । पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सकिएसँगै सभापति शेरबहादुर देउवाले सरकारमा पठाउने नेताको सूची टुंगो लगाउनु भएको हो ।

Nepali-Congress-Office-NC स्रोतका अनुसार कांग्रेसबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत मन्त्री बन्ने पक्कापक्की भएको छ । केसीले शिक्षा, महतले परराष्ट्र, खाँणले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।  त्यस्तै, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केशवकुमार बुढाथोकी र नवीन्द्रराज जोशी पनि मन्त्री बन्ने भएका छन् ।

तपाईको प्रतिक्रिया