चैतमा स्थानीय चुनाव हुनेमा शंका नगर्नुस : मन्त्री पाण्डे

काठमाडौं–भदौ २ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले चैतसम्ममा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने गरी गृहकार्य थालेको बताउनुभएको छ ।

Hitraj Pandeyकाठमाडौंमा बिहिबार भएको कार्यक्रममा मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि निर्वाचन पनि आवश्यक भएको भन्दै मन्त्रालय तथा दलहरू चुनावको तयारीमा जुटेको बताउनुभएको हो । उहाँले दलहरूबीचको सहमतिमा निर्वाचन, पुनर्निर्माण लगायतका सबै काम सम्पन्न गर्न अपरिहार्य हुने भन्दै चैतभित्रै स्थानीय तहको निर्वाचन गर्नेतर्फ आफू क्रियाशिल हुने बताउनुभयो । स्थानीय निकाय पुनर्संरचना आयोगले असोज मसान्तसम्ममा स्थानीय तहको सीमांकनलगायत जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएमा निर्वाचन प्रक्रिया सहज हुने मन्त्री पाण्डेको भनाइ छ ।

मन्त्री पाण्डेले स्थानीय तहको ५ सय ६५ को संख्या थपघट हुनसक्ने तर्फ संकेत गर्दै सीमांकन, नामांकनलगायतका संघीय संरचनाका प्राविधिक विषयमा सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया