नैनसिंह महर नेविसंघ अध्यक्ष, निर्वाचित अधिकांश देउवा पक्षका

काठमाडौं–भदौ २ । नेविसंघको ११औं महाधिवेशनबाट अध्यक्षमा नैनसिंह महर निर्वाचित हुनुभएको छ ।

nebsangबिहिबार सम्पन्न मत गणनाको पछिल्लो परिणाम अनुसार १४ सय ३५ मत ल्याएर महर विजयी हुनुभएको हो । महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३ सय १६ मत पाउनुभएको छ । महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित हुनुभएको छ । यस्तै, प्रदेश नम्वर १ बाट विकास केसी, प्रदेश नम्वर २ बाट सञ्जय यादव र प्रदेश नम्बर ४ बाट डिल्लीराम सुवेदी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

अन्य प्रदेश र उपत्यकाको मतगणनामा समेत महर प्यानलका उम्मेदवार विजयी हुने निश्चित जस्दै देखिएको छ । नेविसंघमा निर्वाचित हुने धेरैजसो सभापति शेरबहादुर देउवा निकट हुने देखिएको छ ।

Published On:  311पटक हेरिएको

तपाईको प्रतिक्रिया