स्याङ्जा–भदौ १ । स्याङ्जा प्रहरीले गहना चोरी र लागू औषध ओसारपसारमा संलग्नलाई पक्राउपछि मुद्दा दायर गरेको छ ।
वडाप्रहरी कार्यालय वालिङको प्रहरी टोलीले वृद्ध महिलाको गरगहना चोरी गर्ने पर्वतको त्रिवेणी गाविका ३५ वर्षीय झकबहादुर राना र स्याङ्जा भीरकोट नगरपालिकाका रोशन गुरुङलाई गाँजासहित पक्राउपछि मुद्दा दायर गरेको हो । गत साउन २१ गते बारीमा घाँस काट्दै गरेकी ६० वर्षीया वृद्धाले लगाएको सुन चोरी गरी राना फरार भएका थिए । रानाले वृद्धालाई करणी समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको वालिङका
प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई प्रहरीले करणी र लागूऔषधसम्बन्धी मुद्दा दायर गरेको छ ।