माडीको सुकुम्बासी बस्ती तत्काल स्थानान्तरण : मन्त्री पाण्डे

चितवन–भदौ १ । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले चितवनको माडीस्थित बाँदरझुलाको सुकुम्बासी बस्ती तत्काल स्थानान्तरण गर्ने बताउनुभएको छ ।

bikram-pandey-भरतपुर विमानस्थलमा पत्रकारहरूसँग मन्त्री पाण्डे सुकुम्बासी बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभएको हो । उहाँले वर्षायाम सकिनेबित्तिकै स्थान पहिचान गरी सार्न सुरु गर्ने बताउनुभयो । मन्त्री पाण्डेले सुकुम्बासी आयोगमार्फत नै बस्ती स्थान्तरणको काम हुने बताउनुभयो ।

मन्त्री पाण्डेले पछिल्लो समय अव्यवस्थित रूपमा भइरहेको भूखण्डीकरण रोक्न सरकारले गृहकार्य गरिरहको जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया