उपप्रधानमन्त्री महरा चीन प्रस्थान

काठमाडौं–साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महरा सोमबार चीन प्रस्थान गर्नुभएको छ ।

maharaचिनिया राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिन र द्विपक्षीय सम्वन्ध सुधारका लागि प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री महरालाई चीन भ्रमणमा पठाउनु भएको हो । भ्रमणको क्रममा उपप्रधानमन्त्री महराले चिनिया राष्ट्रपति सिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनु भएको पत्र दिनुहुनेछन् ।

सरकारले गत बिहीवार उपप्रधानमन्त्री महरालाई चीन र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महरा भदौ ३ गते नेपाल पर्कने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया