आन्दोलनमा अस्थायी शिक्षक

काठमाडौं–साउन ३१ । अस्थायी शिक्षकहरूले आफूलाई सरकारले अवमुल्यन गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । काठमाडौंमा आइतबार अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विगतका सम्झौताहरू सरकारले कार्यान्वयन नगरेका कारण आन्दोलन बाध्यता भएको जानकारी दिएको हो । घोषित कार्यक्रमहरूमा भाद्र ७ गते जिल्ला सदरमुकामहरूteacherमा र्‍याली सहित शिक्षा कार्यालयको मुलगेट बन्द गर्ने, १२ गते काठमाडौंका सम्पूर्ण अस्थायी शिक्षकले विरोध र्‍याली निकाल्नेलगायत छन् ।

अस्थायी शिक्षकहरूले शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षकसम्बन्धी दफा संशोधन गर्नुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याई स्थायी गर्नुपर्ने, अस्थायी शिक्षकहरूलाई पनि स्थायी शिक्षक स्वसरह औषधी उपचार र उपदान दिनुपर्ने माग राखेका छन् । अस्थायी, लियन र परियोजनाका शिक्षकहरूको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गर्नुपर्नेसमेत माग समेत उनीहरुको छ ।

तपाईको प्रतिक्रिया