प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका प्रतिनिधिवीच भेटवार्ता

काठमाडौं–साउन ३० । संयुक्त राष्ट्र संघ शरणार्थी उच्च आयोगका नेपाल प्रतिनिधि केभिन अलेनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । बालुवाटारमा  शनिबार भएको भेटमा अलेनले प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालसँग उच्च आयोगका नेपाल प्रतिनिधि अलेनले भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको भन्दै बाँकी रहेका भुटानी शरणार्थीको समस्या पनि छिट्टै समाधान हुने आश्वासन दिनुभयो ।

तपाईको प्रतिक्रिया