फुटबलमा क्वार्टरफाइनलको टुंगो लाग्यो

साउन । रियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलतर्फको अन्तिम आठको समीकरण पुरा भएको छ । ब्राजिलमा जारी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा क्वार्टरफाइनलको टुंगो लागेको छ । क्वार्टरफाइनलको टुंगो लागेसंगै जर्मनीले पोर्चुगल र नाइजेरियाले डेनमार्क प्रतिद्वन्द्वी पाएका छन् । त्यस्तै, आयोजक ब्राजिलले कोलम्विया प्रतिद्धन्दी पाएका छन् भने होन्डुरसले उत्तर कोरिया प्रतिद्वन्द्वी पाएको छ । जर्मनीले पोर्चुगलसंग शनिबार राति मेनी ग्यारिन्चा रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

Rio-Olympicsत्यस्तै, नाइजेरिया र डेनमार्क तथा होन्डुरस र उत्तर कोरियाबीचको खेल पनि आइतबार विहान हुनेछ । नेपाली समयअुनसार आइतबार बिहान ६ बजेर ४५ मिनेटमा आयोजक ब्राजिलले सेमिफाइनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, महिला फुटबलअन्तर्गत भोलि अमेरिकाले सेमिफाइनल प्रवेशका लागि स्वीडेनको समना गर्दैछ । त्यस्तै, शनिबार बिहान क्यानाडाले फ्रान्ससंग र जर्मनीले चीनसंग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दै छन् । आयोजक ब्राजिलले भने महिला फुटबलमा शनिबार बिहान ६ बजेर ४५ मिनेटमा अष्ट्रेलियासंग खेल्दैछ ।

तपाईको प्रतिक्रिया