संघर्ष गर्नेहरू एकदिन अवश्य सफल हुन्छन् : दामोदर खनाल

Damodar sir finalसाउन । लामो समयदेखि पोखरामा पर्यटन र होटल व्यवासायको क्षेत्रमा काम गर्दै आएनुभएको छ  एक क्रियाशिल युवा हुनुहुन्छ दामोदर खनाल । माओवादी द्वन्द्वकालको समयमा भविष्यको खोजी गर्दै पोखरा आउनुभएका खनाल अहिले पोखराको होटल ट्राभल इनमा एक सफल होटल व्यवस्थापको रूपमा काम गर्दै हुनुहुन्छ । इमान्दरीपूर्वक काम गर्‍यो भने जीवनमा एक पटक अवश्य सफल भइन्छ भन्ने कुरालाई पुष्टि गर्न सफल खनालले पर्यटन र होटल व्यवस्थापनको कामलाई पर्दा पछाडिको एक साहसिक कामको रूपमा पनि लिनहुन्छ, यस्तै विविध सन्दर्भमा रहेर नेपाल परिक्रममा संवाददाता पुण्यप्रसाद धमलाले खनालसँग गरेको कुराकानीको एक अशं ।

कहिले देखी होटल/पर्यटन क्षेत्रमा लाग्नुभयो ?
–म २००३ देखी नै पर्यटन क्षेत्रमा सामेल भएको हँु । जुन समयमा माओवादी द्धन्द्ध चरम उत्कर्षमा थियो । गाउँमा बस्न पनि निकै गाहे अवस्था थियो ।  एसएलसी पास भएपछि पोखरा आएको हुा ।  पोखरा बढ्ने सोचले आए पनि पढाइको सपना बिचमै मोडियो । घरायसी आयश्रोतका कारण पढाइको बिकल्प खोज्नु बाध्यता थियो । जागिर खानुपर्ने बाध्यता भएपनि द्धन्द्धका कारण जागिर पाउनै मुस्किल थियो । बल्लतल्ल सिजनल ट्रेकिङ सुरु गरे । एक वर्ष ट्ेरकिङ व्यवसायमा संलग्न भए र पछि वर्षादको समयमा काम नपाएपछि होटलतिर सामान्य काम गर्न तर्फ लागे । बिस्तारै काम गर्दै गर्दा पढ्नुपर्छ भन्ने भावना पलायो र रातिको समयमा काम खोजेर विहानको समयमा पढ्न थाले । पढाइलाई निरन्तरता दिनकै लागि चार वर्षसम्म बेलुकीको समयमा काम गरे दिउँसोको समयलाई समेत सदुपयोग गर्ने उद्देश्यले सिटि टुर गाईडको रुपमा काम गर्दै अहिले होटल व्यवसायीका रुपमा काम गरिरहेको छु ।

यतिका समयसम्म काम गर्दा के कस्ता अनुभव बटुल्नुभएको छ ?
–सुरुवाती समयमा कामको अनुभव र योग्यताको अभावमा जस्तो पनि काम गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा मेहनत पनि उत्तिकै गर्नुपर्थ्यो । अहिलेसम्मको लगनशिलता र इमान्दारिताबाट धेरै कुरामा अनुभव मिलेको छ । पहिले पहिले भाषको पनि समस्या थियो । अंग्रेजी नभएकै कारण नेपालको सम्भावनाको वर्णन गर्न सकिएन, अहिले भाषगत क्षमतामा समेत सुधार भएपछि देशको सम्पदा, भाषाभाषी जातजातीका बारेमा पर्यटकलाई भन्न पाउँदा खुसी लागेको छ । यो सब अहिलेको सिकाइ र अनुभवको फल हो ।
यो समाजसेवा गर्ने र चर्चा कमाउने क्षेत्र हैन भन्छन, तपाईको बिचारमा के हो ?
–समग्र पर्यटन क्षेत्र भन्नासाथ आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउनु भन्ने नै हो । मेरो बिचारमा यो क्षेत्रमा काम गर्दा चर्चा कमाउने होडबाजी रहन्न, बरु आफ्नो कम्पनीलाई कसरी राम्रो बनाउने आफ्नोमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी खुसी बनाउने भन्ने होडबाजी चल्छ । पर्यटकलाई कसरी खुसी बनाउने भन्ने प्राय: सबैजसोको एउटै उद्देश्य रहेको हुन्छ ।

होटल व्यवस्थापन/पर्यटन क्षेत्रमा युवा आकर्षण कस्तो पाउनु भएको छ ?
–खासगरि पर्यटन व्यवसायमा लाग्नको लागि अनुभवको आवश्यकता पर्ने भएकाले  युवाहरुलाई  छिट्टै हात हाल्न गाहे हुने गरेको मैले महशुस गरेको छु । पछिल्लो समय अध्ययन गरेर यस क्षेत्रमा लाग्ने युवाहरुको संख्या भने बढ्दो क्रममा नै छ ।
–पछिल्लो समय पर्यटन/होटल व्यवस्थापनमा कस्ता व्यक्तिहरु छन् ?
–अहिले पर्यटन व्यवस्थापन गर्ने प्रायजसो व्यक्तिहरु खासै अनुभवि पाएको छैन । तर होटल भन्ने वित्तिकै विभिन्न किसिमका साना, ठूला होटल छन् । यिनिहरुमा भने लामो अनुभव संगालेका व्यक्तिहरुको संलग्नता पाएको छु। हुनत केही गर्छु भनेर व्यवसायमा लाग्नेहरु आ–आफ्नो ठाउामा अनुभवि नै होलान ।

होटल व्यवस्थापनसागै पोखरा क्षेत्रको पर्यटनलाई कसरी बुझ्नुभएको छ ?
–पर्यटन व्यवसाय पोखराको एउटा मुख्य व्यवसाय हो ।  लगानिकर्ताहरु पर्यटन व्यवसायमा निकै नै उत्सुक पनि छन् । युवा आकर्षण बढेको छ । पर्यटकको संख्या दिनप्रतिदिन बढेका कारण पर्यटन विदेशी मुद्रा आर्जनको मुख्य श्रोत बनेको छ । मैले धेरै लामो समय पोखरालाई कर्मथलो बनाएकाले यो क्षेत्रलाई केहि बुझ्ने मौका पाएको छु  । अरुले भन्ने मात्रै होइन, पोखरा साच्चिकै सुन्दर छ । हावापानी त राम्रो छ नै यहााबाट देखिने हिमाल कुनै स्वर्गको टुक्राभन्दा कम छैनन । पोखराको वातावरणलाई सफा राख्दै पर्यटन व्यवसायलाई अझ प्रभावकारी बनाउन फेवातालको संरक्षणका साथै अतिक्रमण रोक्नु आवश्यक छ । पर्यटकलाई गर्नुपर्ने सम्मान, सुविधा, सुरक्षा लगायतका क्षेत्रमा समेत स्थानिय र व्यवसायी सबैले उत्तिकै ध्यान दिनुपर्छ ।

होटल व्यवस्थापन र पर्यटन क्षेत्र यति लामो समय योगदान दिदा के हासिल गरेजस्तो लाग्छ ?
–खासगरी पर्यटन क्षेत्रमा लागेकै कारण पढ्ने बाटो खुल्यो । यो क्षेत्रमा गरेको श्रम र मेहनतको प्रतिफल स्वरुप मैले पोखरा ल्याएर आफ्ना भाई बहिनीलाई पढाउन सफल भए । निरन्तर एउटै क्षेत्रमा लागिरहँदा राम्रोसँग व्यासाय अघि बढाउनसक्ने अनुभव हाासिल गरे । भोलिका दिनमा आफैले व्यवसाय गर्ने योजना बनाएको छु, यो आाट र क्षमता यहि पेशाको निरन्तरताले दिएको योगदान हो ।

नेपाल परिक्रमामार्फत तपाईले दिन खोजेको सन्देश के हो ?
–पहिला त मेरा भनाई र भोगाईलाई अभिव्यक्त गर्ने अवसर दिनुभएकोमा परिक्रममा परिवारलाई धन्यवाद दिन चाहन्छु । मलाई यहाँसम्म आउन सहयोग गर्नुहुने धर्म पन्थी लगायत सम्पुर्ण सुभ चिन्तक र मित्रहरुलाई धन्यवाद दिन्छु । मेहनत र लगनशीलता नभईकन कुनै पनि काममा सफलता हात लाग्दैन, त्यसैले हरेक कुरामा सफलता चुम्नका लागि धैर्य, लगनशिलता, इमान्दारिता हुनुपर्छ । संघर्ष नगरी केहि पनि प्राप्त हुँदैन, अझ संघर्ष त सिकाई पनि हो । बाँचुञ्जेल संघर्ष गर्न नछाडौ, एक दिन सफलता अवश्य मिल्छ, सबैलाई यहि भन्न चाहन्छु ।

Published On:  773पटक हेरिएको

तपाईको प्रतिक्रिया