तनहुँ–साउन २० । तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ पाटन र काहुँशिवपुर गाविसस्थित सेती नदीमा निर्माण हुन लागेको जलाशययुक्त १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम निकै सुस्त भएको छ ।
सन् २०११ बाट निर्माण कार्य शुरु गर्ने भनिएपनि आयोजनाले अहिलेसम्म गति लिन सकेको छैन । यस्ता आयोजनामा हुँदै आएका ढिलासुस्तिले लोडसेडिङ कम गर्ने सरकारी योजना कार्यान्वयन नहुने आशंक बढाएका छन् । अझ यस्ता ठूला जलाशययुक्त विद्युत आयोजनाको व्यवस्थापनमा सरकार स्वयमले ध्यान नदिने हो भने दिर्घकालिन रुपमा निरन्तर विद्युत उपभोगको सपना अधुरो हुने देखिन्छ ।