प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं–साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित हुनुभएको छ ।

pm-prachanda.jpg1आज संसदमा प्रधानमन्त्रीको लागि भएको निर्वाचनबाट दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुुनुभएको हो । दाहाल नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया