केन्द्रीय पुस्तकालय अझै अस्तव्यस्त

काठमाडौं–साउन १३ । चार लाख बढी पुस्तक, विभिन्न शैक्षिक सामाग्री सहित पत्रपत्रिका, जर्नल राखिएको त्रिभुवन विश्वविद्यालयको केद्रीय पुस्तकालय अहिलेसम्म अस्तव्यस्त छ ।

central library२०७२ को महाभूकम्पबाट भत्किएको पुस्तकालयको भवन अहिलेसम्म मर्मत नगरिदा अस्तव्यस्त बनेको हो । भवन तथा दराजमा ठूलो क्षति व्यहोरेको पुस्तकालयलाई अहिले कसैले वास्ता गरेका छैनन । पुस्तकालय मर्मतका लागि राष्ट्रपति, प्रधानमन्त्री लगायत धेरैले त्यो पनि पटक–पटक आस्वसन दिएपनि अहिलेसम्म सरकारी सहयोग पाएको छैन । चर्किएको भवनमा वर्षायाममा पानी चुहिएका कारण पुस्तकको सुरक्षामा समेत चुनौती थपिएको छ ।library

सधै व्यस्त हुने पुस्तकालयमा अहिले विद्यार्थीहरुको चाप समेत कम भएको छ । कहिले पुस्तकालय पुरानो अवस्थामा पुग्छ ? अहिले आम पाठक यो प्रश्नको उत्तर खोजिरहेका छन् ।

तपाईको प्रतिक्रिया