घुससहित कर्मचारी पक्राउ

बारा–साउन १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बाराको निजगढबाट  घुस लिँदैगर्दा एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

pakrau-final13-300x253सुनसरी प्रकाशपुर–७ घर भई हाल नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत नायव सुब्वा प्रेमकुमार भट्टराईलाई अख्तियारले २० हजार घुस रकमसहित पक्राउ गरेको हो । काठमाडौंका एक सेवाग्रहीको टाटा इण्डिका कारको बिलबुक दिने क्रममा नासु भट्राईले घुस रकम माग गरे बताइएको छ ।

सेवाग्राहीले हेटौडास्थित अख्तियारमा उजुरी दिएपछि भट्टराईलाई शनिबार घुसवापतको २० हजार नगदसहित निजगढबाट पक्राउ गरिएको अख्तियार क्षेत्रीय कार्यालयले जनाएको छ ।

Published On:  363पटक हेरिएको

तपाईको प्रतिक्रिया