ताप्लेजुङ–असार । ताप्लेजुङको सावादिन गाविस वडानम्बर–१ मा पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका वस्ती जोखिममा परेका छन् ।
शनिबारदेखि निरन्तर खसेको पहिरोले नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायत तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका हुन् । अहिले थुनिएको नदीले केही भाग कटान गरी पानी बग्न थालेपनि खतरा कायमै रहेको स्थानीयले गुनासो गरेका छन् ।
तमोर नदी आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको प्रहरीले संभावित क्षति रोक्ने बारे पहल गर्न सकेको छैन । तमोर थुनिँदा नदिकिनारमा रहेका दुईवटा घर डुबानमा परेका थिए ।