धनकुटा–असार । अभ्यास शिक्षण शुल्क बढाएको बिरोधमा धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।
दुई सय प्रतिशत भन्दा बढि अभ्यास शिक्षण शुल्क बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्ष र शिक्षण विभागमा ताला लगाएको हो । विद्यार्थी संगठनको सहमतिविनै क्याम्पस प्रशासनले एकलौटी ढंगले ५ सय रहेको शिक्षण शुल्क बढाएर १ हजार ५ सय रुपैया पु¥याएपछि आन्दालन गर्नुपरेको दाबी नेविसंघले गरेको छ । शुल्क नघटाएसम्म तला नखोल्ने चेतावनी समेत आन्दोलनरत विद्यार्थीले दिएका छन् ।
क्याम्पस प्रमुख निरञ्जन वस्तीले भने शुल्क बृद्धि लगायतका बिषयमा छलफल गर्न डाकिएको बैठकमा नेविसंघ उपस्थित नभएको भन्दै विद्यार्थी र क्याम्पसको हित विपरित तालाबन्दी गरेको बताउनुभएको छ । अखिल र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विज्ञप्ती जारी गरेर शुल्कबृद्धिप्रति बिरोध जनाउदै अभ्यास शिक्षण शुल्क घटाउन दबाब दिदै आएका छन् ।