जाजरकोटमा अधिकांश सुनचाँदी पसल उपभोक्ता ठग्दै

जाजरकोट–असार । जाजरकोटमा सुनचाँदी व्यवसायीले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ ।
sun jagarkotगुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जको टोलीले गरेको अनुगमनबाट व्यवसायीले नाप तौल गर्ने काँटा मापदण्ड विपरित चलाएको भेटिएको हो । नापतौल ऐन २०२५ को कानुनी प्रावधान अनुसार डिजिटल काँटाको एकुरेसी १० मिलीग्राम हुनुपर्ने र ६ सय ग्राम डिजिटल तराजुमा २ सय ग्राम बुलियन ढक राख्नुपर्नेमा त्यसो नगरेको अनुगमन टोलीले भेट्टाएपछि ठगिको रहस्य खुलेको हो ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जका सहायक निरीक्षक पोखरेलले व्यवसायीहरुलाई नयाँ काँटा किनेर ७ दिन भित्र क्षेत्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो । अनुगमनका क्रममा ११ वटा सुनचाँदी पसलमध्ये ८ वटामा नक्कली चिनीयाँ डिजिटल तराजु भेटिएको र त्यस्ता तराजु जफत गरेको अनुगमन टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया