वेल्सले अब सेमिफाइनलमा पोर्चुगलको सामना गर्दै

एजेन्सी–असार १८ । बेल्जियमलाई पराजीत गर्दै वेल्स युरोकप २०१६ को सेमिफाइनलमा पुगेको छ ।

jan-vertonghen-620नेपाली समय अनुसार शनिबार विहान फ्रान्सको लिलेमा भएको खेलमा वेल्सले बेल्जियमलाई ३–१ गोल अन्तरले पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको हो । बेल्जियमले राम्रो सुरुवात सहित १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएपनि खेललाई आफ्नो कब्जामा लिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल गर्दै वेल्सलाई लयमा फर्काएका थिए । बेल्जियमविरुद्ध विलियम्सले कर्नरमा आएको बललाई हेडमार्फत गोल गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सम्पन्न भएकोमा दोस्रो हाफमा वेल्स हावी भएको थियो । ५५ औं मिनेटमा हल रोब्सन कानुले र ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै वेल्सलाई सेमिफाइनल पुर्‍याएका थिए । १९५८ मा विश्वकपको क्वार्टरफाइन पुगेको वेल्स अहिलेसम्म ठूला प्रतियागिताको यो चरणसम्म आइपुगेको थिएन ।

युरो–२०१६ को सेमिफाइनलमा वेल्सले पोर्चुगलको सामना गर्ने छ । जुन खेललाई बेल र रोनाल्डो बीचको प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

Published On:  392पटक हेरिएको

तपाईको प्रतिक्रिया