सरकार फेर्दैमा नियति फेरिन्न:उपप्रधानमन्त्री मैनाली

neta r clubकाठमाडौं–असार १६ । उपप्रधानमन्त्री सीपी मैनालीले सरकार परिवर्तन गर्दैमा विद्यमान समस्या नहुने दाबी गर्नुभएको छ ।
काठमाडौंमा विहिबार भएको कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले सरकार परिवर्तनभन्दा पनि संविधानको कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सरकार इमान्दार र जिम्मेवार बन्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकार परिवर्तनबारे आफ्नो पार्टीभित्र कुनै छलफल नभएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्माले मुलुकमा नयाँ संविधान लागू भइसके पनि शासनप्रणाली पुरानै रहदा समस्या देखिएको बताउनुभएको थियो । उहाँले संविधानप्रति असन्तुष्ट रहेका पक्षको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै यस अघि भएको नौ बुँदे सहमति कार्यान्वयन नभए बजेट पास हुँन नसक्ने चेतावनी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया