लाइसेन्स स्मार्ट कार्ड लिन सास्ती

काठमाडौं, असार १३ । सरकारले नयाँ चालक र नविकरण गर्ने चालकलाई स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि लाइसेन्स वितरण प्रक्रिया र प्रणाली व्यवस्थित नहुँदा सेवाग्राही यातायात कार्यालयमा झन्झत मात्र व्योहोर्न बाध्य छैनन् दिनभरि लाइनमा बस्नुपर्ने बाध्यताले सताएको छ । १४ अञ्चलमै यातायात व्यवस्था विभागको कार्यालय रहे पनि अहिले बाग्मती अञ्चल अन्तर्गत उपत्यकाबाट मात्रै स्मार्ट लाइसेन्स वितरण कार्य भैरहेको छ ।

विभागले भने स्मार्ट लाइसेन्स बाग्मती अञ्चलबाटमात्रै वितरण गरेको छ । जसको कारण अन्य अञ्चलका सेवाग्राहिले पनि उपत्यकामै आएर लाइसेन्स नविकरण र नयाँ लाइसेन्स का लागि आवेदन दिने बढेकाले यो समस्या आएको दावी गर्छन् । तर सेवाग्राही भने विभागमा कर्मचारी अभाव र लाइसेन्स वितरण प्रणालीलाइ प्रविधिमैत्री बनाउन नसक्दा आफुहरुले यातायात क्षेत्रमा मात्र नभई सरकारी सेवा लिने हरेक क्षेत्रमा यस्तै समस्या व्योहोरिरहेको बताउँछन् ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको सफ्टवेयरको जिम्मा लिएको मद्रास प्रिन्टर्सको ढिलाई र कर्मचारी अभाव, कार्यालयलाई प्रविधि मैत्री बनाउन नसकेको कारण सेवाग्राहिले सास्ती झेल्नु परेको बताउँछन । सरकारले सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्नु राम्रो कार्य हो तर वितरण प्रणालीलाई चुस्त र प्रविधि मैत्री बनाउन सके सेवाग्राहीहरुले सास्ती व्याहोर्नु पर्ने थिएन ।

तपाईको प्रतिक्रिया