सर्पदंशको नयाँ औषधी बन्दै

सुनसरी–असार । नेपालमा पहिलोपटक निजी क्षेत्रले एन्टिस्नेक भेनम् अर्थात सर्पदंशको औषधी बनाउने तयारी थालेको छ ।

snakeएन्टिस्नेक भेनम् सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रालिले एन्टी स्नेक भेनम् बनाउने तयारी गरेको जानकारी दिएको छ । सुनसरीको इटहरीमा सोमबार पत्रकार सम्मेलन गरी कम्पनीले दुई वर्षभित्र उत्पादन सुरु गर्ने गरि काम अघि बढेको जानकारी दिएको हो । करिब ८८ करोडको लागतमा सुनसरीको महेन्द्रनगरमा सञ्चालनमा आउने कम्पनीले प्रति वर्ष १५ लाख भायल औषधी उत्पादन गर्ने जनाएको छ ।

औषधी अभावमा नेपालमा वर्षेनी करिब एक हजार व्यक्तिले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् ।

 

तपाईको प्रतिक्रिया