संविधान कार्यान्वयनका लागि एमालले देशव्यापी कार्यक्रम गर्ने

काठमाडौं–असार ४ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सरकारबाट पारित भएको संविधान कार्यान्वयन कार्यतालिकालाई प्रभावकारी बनाउन एकजुट भई देशभर सचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

UML-MEETINgप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले गत बिहिबार सरकारले पारित गरेको कार्यतालिका कार्यान्वयनका लगि अभियान चलाउने निर्णय गरेको हो । कार्यतालिका कार्यान्वयनका लागि आवश्यक समन्वय गर्न एमालेले संसदीय दललाई निर्देशन समेत दिएको पार्टी प्रवक्ता योगेश भट्टराइले जानकारी दिनुभएको छ ।

यस्तै, कार्यतालिकाअनुसार आगामी मंसिरमा हुने स्थानीय निकायको चुनावको पक्षमा कार्यक्रम गर्न देशभरका जिल्ला कार्यसमितिलाई एमालेले निर्देशन सेमत दिएको पवक्ता भट्टराइले बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा देशभरि सचेतना अभियान सुरु गर्ने निर्णय गरेको एमालेले असार १८ गते सात ओटै प्रदेशमा शीर्ष नेताले सम्बोधन गर्ने गरीसभाको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, असार २२ गतेदेखि २९ गतेसम्म ७५ ओटै जिल्लामा बजेट बहसको कार्यक्रम गर्न जिल्ला समितिलाई निर्देशन दिइएको एमालेले जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था, संविधान कार्यान्वयन कार्यतालिका, असन्तुष्ट दलसंगको वार्ता प्रक्रिया र संसद् नियमावलीको विवाद समाधान बारे भइरहेको प्रयासबारे बैठकमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया