गोर्खा भूपु सैनिक गोल्डकप बास्केटबलको उपाधि ८ जिआरलाई

पोखरा–जेठ २९ । पश्चिमाञ्चल गोर्खा भूपु सैनिक संघ भारतीय सैनिकको आयोजनामा संचालन भएको प्रथम गोर्खा भूपु सैनिक गोल्डकप बास्केटबलको उपाधि ८ जिआरले जितेको छ ।

vlcsnap-2016-06-11-21h10m56s501पोखराको काजि पोखरीस्थित बास्केटबल कोर्टमा भएको फाइनल खेलमा प्रथम ५ जिआरलाई ५१–७० को सेटमा पराजित गर्दै तेस्रो ८ जिआरले उपाधि जितेको हो । भूपु सैनिकहरुको १७ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ २३ गतेदेखि सुरु भएको थियो ।

प्रथम हुने टिम ८ जिआरले २० हजार नगदसहित ट्रफि र मेडल जितेको छ भने दोश्रो हुने टिम ५ जिआरले १५ हजार नगदसहित ट्रफि र मेडल हात परेको छ ।

Published On:  456पटक हेरिएको

तपाईको प्रतिक्रिया