नयाँ शक्तिको पार्टी घोषणा सभामा खर्च १ करोड ५ लाख

काठमाडौं–जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टी घोषणा सभामा १ करोड ५ लाख रुपैयाँ खर्च हुँने जानकारीे गराएको छ ।

नयाँ शक्तिले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो । नयाँ शक्तिले आइतबार काठमाडौको दशरथ रंगशालामा पार्टी घोषणाको कार्यक्रम राखेको छ । पार्टी घोषणा कार्यक्रममा एक लाखभन्दा बढी सदस्य सहभागी हुने नयाँ शक्ति नेपालको अपेक्षा रहेको छ । पार्टी घोषणापछि जेठ ३१ र ३२ गते प्रज्ञा प्रतिष्ठानमा १ हजार ५ सय प्रतिनिधिको उपस्थितिमा छलफल सत्र हुनेछ । पार्टी घोषणाका क्रममा नयाँ शक्ति नेपालले प्रचार प्रसारमा ३७ लाख, मञ्च व्यवस्थापनमा २० लाख खर्च गरेको जनाएको छ ।

प्रतिनिधिहरुको बसोबाससहितको व्यवस्थापनका लागि १४ लाख तथा छलफल सत्र संचालनका लागि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रवक्ता खिमलाल देवकोटाले नेपाल परिक्रमालाई जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया