काठमाडौं–जेठ २० । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिने र नविकरण गर्ने चालकका लागि स्मार्ट लाइसेन्स वितरण थालेको छ । तर विभागको व्यवस्थापन चुस्त बन्न नसक्दा सेवाग्राहि सुविधा भन्दा बढी समस्या व्यहोर्न बाध्य छन् ।
वितरण प्रणाली व्यवस्थित नबन्दा सेवाग्राही यातायात कार्यालयमा धाइरहेका मात्रै छैनन, दिनभरि लाइनमा बसेर समेत खाली हात फर्कन बाध्य छन् । सवाचरी चालक अनुमति पत्र र सवारि परिचय पत्र दुबैको वितरणका लागि देशका १४ अञ्चलमै यातायात व्यवस्था विभाग कार्यालय छ । तर अहिले बाग्मती अञ्चल अन्तर्गत उपत्यकाबाट मात्रै स्मार्ट लाइसेन्स वितरणको काम सुरु भएको छ ।
यातायात व्यवस्था विभाग पनि आफ्नो ढिलासुस्तिलाई अन्य अञ्चलका सेवाग्राहि समेत उपत्यकामा आएर आवेदक बन्दा समस्या बढेको भन्दै पन्छिन खोजिरहेको छ । लाइसेन्सका लाई पालो कुरेर बसेका सेवाग्राही भने विभागमा कर्मचारी अभाव र लाइसेन्स वितरण प्रणाली प्रविधिमैत्री बन्न नसकेको कारण समस्या भएको भन्दै सरकारी सेवाको ढिलासुस्ति रोक्न माग गरिरहेका छन् । हुनत, स्मार्ट लाइसेन्सको सफ्टवेयरको जिम्मा लिएको मद्रास प्रिन्टर्सको ढिलाईले पनि विभागको काममा केही समस्या थपेको छ ।
सवारी चालकको हातमा स्मार्ट लाइसेन्स हुनु आफैमा सकारात्मक हो, तर वितरण प्रणालीलाई चुस्त र प्रविधि मैत्री बनाउँदै सेवाग्राहीलाई सहज सेवा दिने बारेमा पनि सरकारको ध्यान पुग्नुपर्छ । आम सेवाग्राही यहि अपेक्षा गरिरहेका छन् ।