काठमाडौं–जेठ १८ । आजदेखि काठमाडौमा अन्तराष्ट्रिय उर्जा सम्मेलन सुरु भएको छ ।
काठमाडौंको एक तारे होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको सम्मेलनमा नेपालको उर्जा संकटको समाधान, विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल भइरहेको छ । उर्जा संकट र जलविद्युत विकासमा कानुनी सुधारका विषयमा केन्द्रित सम्मेलनमा भारत, चीन, कोरिया, रसिया, नर्वे, क्यानडा, अमेरिका लगायत देशका जलबिद्युत विज्ञहरुको सहभागि रहेको छ ।
सम्मेलनले आन्तरिक लगानी, ऊर्जाको बजार व्यवस्थापन लगाएतमा देखिएका समस्या समाधानमा भुमिका खेल्ने अपेक्षा गरिएको छ । उर्जाविकास परिषदको आयोजनमा शुरु भएको सम्मेलन ५ दिनसम्म चल्नेछ ।