अस्पतालको लापरवाहीबाट दुई बच्चाको मृत्यु

एजेन्सी–जेठ १७ । भारतको मध्य प्रदेशको इन्दौरमा रहेको सबैभन्दा ठुलो सरकारी अस्पतालको लापरवाहीका कारण दुई बच्चाले ज्यान गुमाएका छन् ।

india_hospitalभारतको यशवंत राव अस्पतालका डाक्टरले बच्चालाई अक्सिजनको सट्टा नाइट्रस अक्साइड ग्यास दिएका कारण बालकको मृत्यु भएको बताइएको छ । अझ बालबालिकाको मृत्यु भएको अपरेशन थियटर पाँच दिन पहिला मात्र सुरु गरिएको जनाइएको छ । बच्चाको मृत्युपछि अपरेशन थियटर सिल गरिएको छ भने घटना बारे आवश्यक जाँचबुझका लागि छानविन समिति गठन भएको छ ।

यो घटनापछि अपरेशन थियटर बनाउनेविरुद्ध समेत मुद्दा दर्ता गएिको छ । अक्सिजन र नाइट्रसको लाइनमा गडबडी भएको आशंकामा अपरेशन थियटर निर्माण गर्ने ठेकेदारलाई पक्राउ गरि लापरबाही र उद्देश्यविहीन हत्याको आरोपमा मुद्दा चलाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया