महानायक हमालकी प्रेमी दाबी गर्ने अभिरुचीको कामुक नृत्यले बजार तताउँदै

action film.jpgकाठमाडौं–जेठ । जेठ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्शन’को आईटम गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ‘चोरी लग्या छ’ बोलको आईटम गीतले नृत्याङ्गना अभिरुची बुढाथोकीको जवानीको मादकता छछल्किएको छ ।

भिडियो हेर्न लिङ्क खोल्नुहोस https://youtu.be/0rjNBQ4wxwA

अभिरुची ती युवती हुन् जसले केहि बर्ष पहिले महानायक राजेश हमालसँग विहे गर्छु भन्दै मिडियामा हंगामा मच्चाएकी थिईन् । अझ उनले हमाल आफ्नो प्रमी भएको भन्दै उनले बिहे नगरी बिहे नै गर्दिन भनेकि थिईन् ।
युवराज चौलागाईं र गीता सुनारले स्वर भरेको उक्त गीतको शब्द डिएसले रचेका हुन भने संगीत प्रल्हाद बोगटीको रहेको छ । गोविन्द प्रभात र राम प्यासीको । नृत्य निर्देशन रहेको यो गीतले अहिले बजार तताएको छ । राजु अर्यालको कथा तथा निर्देशन रहेको फिल्ममा भनृ शिव श्रेष्ठ, प्रमोद द्विप, जेनिशा केसी, कसम गुरुङको मुख्य अभिनय रहेको छ ।

दिपेन्द्र कोईराला र शर्मिला लामा गुरुङको लगानी रहेको फिल्म नामैले एक्शनप्रधान प्रष्टिन्छ । फिल्मले सफलता पाउँछ वा असफल हुन्छ यसका लागि भने प्रतिक्षा गर्नुपर्छ ।

Published On:  411पटक हेरिएको

तपाईको प्रतिक्रिया