राजधानीवासीलाई खानेपानीको समस्या

काठमाडौं–जेठ १३ । गर्मियाम सुरु भएसँगै राजधानीमा खानेपानीको अभाव  सृजना भएको छ । पानीको अभाव भएपछि ढुंगेधारा खोज्दै राजधानीवासी एक भाँडो पानीको जोहो गर्न घण्टौं लाइनमाfinal final बस्न बाध्य छन् । उपत्यकाका स्थानीयलाई अहिले पानीको जोहो गर्न की ट्याङ्करको भर पर्नु पर्छ त कि ढुंगे धारामा घन्टौं पालो कुर्नु पर्छ । अहिले सुख्खायाममा पानीको अभाव झेलिरहेका स्थानीय मेलम्ची खानेपानी आयोजना चाँढै सम्पन्न होला र पानीको अभाव टर्ला भन्ने आसामा छन् ।

  काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अनुसार राजधानीमा दैनिक ३७ करोड लिटर खानेपानीको माग छ  । तर, सुख्खायाम लागेसँगै पानीको स्रोत सुकेको र उत्पादन घटेका कारण अहिले ९ करोड लिटरमात्र पानी उत्पादन भई वितरण हुँदै आएको छ ।

खानेपानीको अभाव झेल्दै आएका राजधानीवासीको तिर्खा मेट्न मेलम्ची खानेपानी बलियो आधार भए पनि आयोजना सम्पन्न हुन अझै करिव २ वर्ष समय लाग्ने बताइएको छ । खानेपानी अभावकै कारण राजधानीवासीको जनजीवन सुख्खायामका समयमा बढी प्रभावित हँुदै आएको छ ।

तपाईको प्रतिक्रिया