शिक्षक सेवा आयोगले १ हजार १ सय १७ जना स्थायी शिक्षक माग्यो

teacher-aayogकाठमाडौं–जेठ १० । रिक्त शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि भन्दै  शिक्षक सेवा आयोगले दरखास्त आह्वान गरेको छ ।

सोमबार खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका भन्दै आयोगले विज्ञापन सार्वजनिक गरेको हो । पाँच वटै विकास क्षेत्रमा योग्यता पुगेका नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, संस्कृत व्याकरण, संस्कृत भाष र कम्प्युटर विज्ञान विषयका शिक्षकले पदपूर्तिका लागि लागि दरखास्त दाखिला गर्न पाउनेछन् । यसपपटक १ हजार १ सय १७ जना स्थायी शिक्षक माग भएको छ ।

भदौ ११ गते बिहान ८ बजे परिक्षा हुनेछ भने असार १२ गतेसम्म दरखास्त दिने समयसिमा छ । परीक्षा केन्द्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयबाट तोकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया