तनाब छल्न भन्दै पूर्वराजा झापाको चिया बगानमा

gynandraकाठमाडौं–बैशाख १० । पूर्वराजा ज्ञानेन्द्र शाह तनाव छल्न भन्दै झापाको दमकस्थित चिया बगान पुग्नु भएको छ।
शनिबार अपरान्ह दमकस्थित आफ्नै चिया बगान परिसरमा पुग्नुभएको शाह त्यहि रहेको निजी दरबारमा आराम गरिरहनुभएको दरबार निकट श्रोतले जनाएको छ । शाहले अहिलेसम्म कुनै भेटघाट गर्नुभएको छैन । बिगतमा पनि तनाव हुँदा पूर्व राजा शाह दमक पुगेर बस्ने गर्नुहुन्थ्यो । सुटुक्क झापाको दमक पुग्नुभएका शाह एकसाताभन्दा लामो समयसम्म त्यहा रहने बताइएको छ । पछिल्लो समयको भारत भ्रमणपछिको आलोचनाका कारण पूर्व राजा शाह तनावमा रहदै आएको बताइएको छ ।

दमकमा रहँदा आफ्ना निकटका केहि ब्यक्तिहरु र पुराना राजावादीहरुलाई अनौपचारिक रुपमा भेटघाट गर्ने भएपछि समय तय नभएको बताइएको छ । तर पूर्व राजा शाहले तत्काल भेटवार्ता अस्वीकार गरेको र केहि दिनमा अनौपचारिक भेटघाट भने श्रोतको दाबी छ ।

Published On:  334पटक हेरिएको

तपाईको प्रतिक्रिया