प्रेस चौतारी नेपालका नवनिर्वाचित कार्यसमिति पदाधिकारी पदधार सम्हाले 

काठमाडौं–जेठ ९ । प्रेस चौतारी नेपालका नवनिर्वाचित कार्यसमिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्षदेखि सदस्यहरुलाई एमाले सचिव तथा मोर्चा फाँट प्रमुख गोकर्ण विष्टले सपथ ग्रहण गराउनुभएको हो । जेठ ६ गतेदेखि ८ गतेसम्म काठमाडौंमा भएको चौतारीको राष्ट्रिय अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको थियो । सपथ ग्रहणसंगै आजै नवनिर्वाचित पदाधिकारीले कार्यभार समेत समालेका छन् ।

Published On:  390पटक हेरिएको

तपाईको प्रतिक्रिया