महिलाले ताने रातो मच्छिन्द्रनाथको रथजात्रा

काठमाडौं–जेठ ६ । रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत महिलाले मात्र मिलेर रथ तानेका छन् । रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत एक दिन महिलाले तान्ने प्रचलन छ । अन्य दिन साँझको समयमा हुने गरेपनि महिलाले मात्र सहभागिता जनाउने भएर बिहीवार बिहानै रथ तानिएको हो । विगतमा नेवारी समुदायका महिला मात्र सहभागी हुने गरेकोमा पछिल्लो समय अन्य समुदायका महिलासहित एकल महिला पनि सहभागी भएका थिए । रथजात्रा ललितपुरको पाढेटोलदेखि ठटिटोलसम्म करिब १०० मिटरसम्म तानिएको हो । वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले यस जात्रालाई बढी महत्व दिएका थिए ।

तपाईको प्रतिक्रिया