काठमाडौं– जेठ ३ । वैदेशिक रोजगारीका क्रममा कुबेतमा अलपत्र परेकी नवलपरासी दाउन्नेदेबी–६ गंगाबस्तीकी २९ बर्षीया कमला कसीलाई उद्धार गरि स्वदेश फर्काइएको छ ।
महानगरीय अपराध महाशाखाको विशेष पहल तथा कुबेत स्थित नेपाली दुतावास र सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्धार गरी केसीलाई स्वदेश फर्काइएको हो । २०७० फागुन ११ गते रोजगारीका लागि कुबेत स्थित सब्बा सालिममा पुरेर घरायसी कामदारको रुपमा कार्यरत रहेकी उनी पछि रोजगारदाताले तलब नदिएपछि भागेर अन्यत्र काम गर्न थालेकी थिइन । अबौधानिक रुपमा कार्यरत रहेको अवस्थामा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरी २६ दिन सम्म थुनामा रखेको थियो ।
थुनामुक्त भएकी उनलाई नीजका भाइको जानकारीका आधारमा महाशाखाकै विशेष पहलमा उनलाई नेपाल फकाईएको हो ।