विवाद मिलाउन बसेको प्रमुख दलको बैठक विना निष्कर्ष टुङ्गियो

काठमाडौं–जेठ १ । व्यवस्थापिका संसदको नियमावलीमा रहेका विवाद मिलाउन बसेको प्रमुख दलहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख दलको बैठकमा दलहरुवीच नियमावलीमा रहेको विवादका विषयमा छलफल भएपनि कुनै सहमति भने हुने सकेन् । बैठकमा सहभागि नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आन्तरिक कार्यविधि बारे छलफल भएको र भोलिसम्म कार्यविधि वारे निष्कर्षमा पुग्ने प्रयास गर्ने बताउनुभयो । बैठकमा सहभागि नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुख्य गरी संसदीय सुनुवाई समितिको कार्यविधि र संख्या बारे विवाद रहेको बताउनुभयो । सत्तारुढ दलहरुले संसदीय सुनुवाई समितिको संख्या १५ हुनुपर्ने अडान राखेका छन्  भने प्रमुख प्रतिपक्षी दल लगायत साना दलहरुले संसदीय सुनुवाई समिति सदस्य संख्या ७५ हुुनपर्ने अडानमा छन् ।

तपाईको प्रतिक्रिया