यो सरकार अझै दुई वर्ष टिक्छ : नेता नेपाल

madavसिन्धुली–वैशाख २९। एमाले बरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार अझै दुई वर्ष टिक्ने दाबी गर्नुभएको छ ।
सिन्धुलीको पिपल भञ्ज्याङस्थित एक विद्यालयको भवन शिलान्यास गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुका नेता नेपालले सरकार लम्बिने यस्तो प्रतिक्रिया दिनुभएको हो । नेता नेपालले सरकार ढाल्ने र बनाउने खेलमा धेरैले खुट्टा उचालेको भन्दै बोत्तल फेर्दैमा सरकार नढल्ने जिकिर गनुभएको थियो ।

बजेट ल्याएपछि एमाओवादी नेतृत्वमा सरकार गठन हुँने चर्चा चल्दैगर्दा यो सरकार कम्तीमा २३ महिना टिक्छ भन्ने नेता नेपालको प्रतिक्रिया आउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । उहाँले देशको वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प नहुने भन्दै सबै पक्ष मिलेर देशलाई अग्रगमन दिनुपर्ने धारणा राख्नुभयो ।

पिपलभञ्ज्याङमा बन्न लागेको श्री माध्यामिक विद्यालयको भवन निर्माणका लागि फुलकुमारी महतो मेमोरियल ट्रष्टले १ करोड ६० लाख सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया